कोभिड १९ उपचार केन्द्र

कोशी अस्पतालवाट संचालित COVID-19 उपचार केन्द्र प्रदेश १ मा पूर्ण रुपमा COVID-19 का विरामीहरुके लागी संचालित अस्पताल हो । यो अस्पताल विराटनगर-१० अवस्थित पूरानो नेशनल ट्रेडिगको भवनमा, प्रदेश १ का सामाजिक विकास मन्त्रालय, भौतीक पूर्वाधार विकास मन्त्रालय लगायत विभिन्न मन्त्रालयहरु तथा स्थानिय सरकारको सहयोगमा संचालित रहेको छ । यसको समुदघाटन प्रदेश १ का मुख्यमन्त्री माननीय श्री शेरधन राई बाट २०७६ चैत्र २१ गते भएको हो । यस अस्पतालको क्षमता ७१ वेडको जनरल वार्ड,१० वेडको ICU तथा १० वेडको HDU रहेको छ ।