नेपाल सरकार
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय
कोशी अस्पताल
विराटनगर, नेपाल

परिचय तथा इतिहास

सार्वजनिक स्वास्थ्य सेवाका अस्पतालको इतिहासलाई हेर्दा कोशी अस्पताल १३० बर्ष पुरानो र नेपालकै जेठो अस्पताल रहेको पाइन्छ । बि.सं. १९४७ सालमा बीर शमशेरले पूर्व देखि नम्बर राख्दै देशका विभिन्न भाग हुदै पश्चिम सम्म पुगेका थिए । यसै क्रममा विभिन्न ठाउँमा पि बीर अस्पतालहरु एकै बर्ष खोलेकोमा यस अस्पतालको स्थापना पछि काठमाण्डौंको बीर अस्पतालको स्थापना भएको अभिलेखबाट देखिन्छ। बि.सं. १९२७ सालमा मोरङ्ग जिल्लाको सदरमुकामको रुपमा स्थापित रंगेली बजारमा धेरै जसो सरकारी कार्यालयहरु रहेका थिए । १९४७ सालमा स्थापित १ लम्बर पि बीर अस्पताल त्यही स्थापना भएको कुरा काठमा कुदिएको अभिलेखबाट प्रष्ट हुन्छ र पछि बि.सं. १९७१ सालमा जिल्लाको सदरमुकाम विराटनगर सार्दा यो अस्पताल पनि विराटनगर सारिएको थियो । चिल्लो काठमा राम्रा अक्षरले कुँदेर बनाईएको उक्त पी. बीर १ लम्बर लेखिएको अस्पतालको साईन बोर्ड अहिले पनि अस्पतालमा सुरक्षित छ। यसमा लेखिएको पि शब्दले पृथ्वीवीरविक्रम र बीर शब्दले बीर शमशेर भन्ने जनाउँछ। त्यो बेला राजा र राणा (प्रधानमन्त्री) दुवैको संयुक्त नामले सार्वजनिक महत्वका वस्तुको नाम राख्ने चलन थियो भन्ने बुझिन्छ । यसका अलावा बीर अस्पतालले १०० बर्ष पुगेको अवसरमा प्रकाशित गरेको स्मारिकामा उल्लेख गरेको त्यस बेलाको आलेख सम्पूर्ण तथ्य प्रमाणका आधारमा कोशी अस्पताल नेपालको सबै भन्दा जेठो अस्पताल प्रमाणित भएको छ।

...

डा.रबिन राज सिंह
डा.रबिन राज सिंह

नि. प्रमुख मेडिकल सुपरिन्टेण्डेण्ट

अस्पताल विकास समिति पदाधिकारी विवरण

विभागिय प्रमुख चिकित्सकहरु

प्रतिलिपि अधिकार © सबै अधिकार सुरक्षित छन् ।
कोशी अस्पताल.